मोटरसाइकल दुर्घटनामा बाँकेका प्रहरी जवानको मृत्यु

२०८१ श्रावण २७, आईतवार ०७:३४

बाँके।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका ५ जि गाउँ चोकमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवान महेन्द्र विकको मृत्यु भएको छ ।

बिज्ञापन

हिजो   भे १ क २०६२ नम्बरको ट्रकले बा.प्र. ०३—००५ प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान मोटरसाइकलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिनुभयो।

बिज्ञापन
मोटरसाइकल चालक विकको नेपालगञ्ज मेडिकल  कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा शनिवार  बेलुका पख  मृत्यु भएको (डिएसपी) भण्डारीले जानकारी दिनुभएको छ।

मोटरसाइकलमा पछाडी बसेका बैजनाथ २ का हेमराज विक समेत नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक महेन्द्र विक प्रहरी चौकी सल्यान कपुरकोटमा कार्यरत प्रहरी जवान ७ दिनको विदा आउनुभएको थियो ।

बिज्ञापन
२०८१ श्रावण २७, आईतवार ०७:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर