सरला सुवेदी
२३, असोज २०८१
बिज्ञापन
बाँके । कोहलपुरको बालविद्या चोक नजिकै भर्खरै भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको बस (भे १ ख ३७०९ नम्बर) ले सोही दिशामा जाँदै गरेको मोटरसाइकल (भे १३ प ६१४० नम्बर) लाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार खजुरा गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय तेजविक्रम मल्ल सामान्य घाइते भएका छन् भने सोही स्थानकी २१ वर्षीया मनिषा रोकाय गम्भीर अवस्थामा छन्, उनलाई टाउकोमा गहिरो चोट लागेको छ।
बिज्ञापन
घाइते दुवैजनालाई नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका सूचना अधिकारी प्रबिण आचार्यका अनुसार दुर्घटना के कारणले भएको भन्ने खुल्न बाँकी छ भने बस चालकलाई प्रहरीको नियन्त्रणमा लिइसकिएको छ।
प्रतिक्रिया दिनुहोस्