२३, असोज २०८१
बिज्ञापन
दाङ । दाङको एक सामुदायिक बनको जङ्गलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ।
बिज्ञापन
मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वन स्थित जंगल भित्र मानिसहरूले जुवा खेली रहेको छन भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा प्रहरी टोलीले छापा हानेको थियो।
पक्राउ पर्नेमा रोल्पा परिवर्तित गाउँपालिका २ बस्ने २८ वर्षिय हिमाल वली, घोराही उपमहानगरपालिका १२ बस्ने ३३ वर्षिय जिवराज रावत, ९ बस्ने ३७ वर्षिय केशव शाह, १३ बस्ने ३० वर्षिय सुर्य बोहरा, वंगलाचुली गाउँपालिका ३ बस्ने ३० वर्षिय केदार परियार रहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
प्रहरीका अनुसार जुवाको खालबाट नगद सत्तरी हजार एकसय दश रुपैयाँ र तास खेल्न प्रयोग गरिएको तासको गड्डी ६ थान बरामद गरिएको छ।
प्रतिक्रिया दिनुहोस्