अपाङ्गता पहिचान तथा पुनर्स्थापन घुम्ती शिविर कोहलपुरमा सम्पन्न

२०८१ आश्विन ९, बुधबार ०५:२५

८, असोज २०८१

बिज्ञापन

बाँके ।विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपाको आयोजनामा प्रादेशिक पुनर्स्थापन केन्द्र, कोहलपुरले कोहलपुर नगरपालिकाको समन्वय र सि.बि.एम.को आर्थिक सहयोगमा अपाङ्गता पहिचान तथा पुनर्स्थापन घुम्ती शिविर सम्पन्न भएको छ।

बिज्ञापन

शिविरमा ७४ जना सहभागी भएका थिए, जसमा ३८ जना बालिका थिए। सहभागीहरू मध्यबाट शिविरमा ४ जनाको शल्यक्रिया गर्न सिफारिस गरिएको छ भने २ जनालाई विशेषज्ञ सेवाको लागि थप उपचारका लागि बोलाइएको छ। शिविरमा १७ वटा कृत्रिम सहायक सामग्री नापी गरिएको थियो र ८ वटा सामग्री वितरण गरिएको छ। साथै, ६६ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको छ र ७४ जनालाई औषधि वितरण गरिएको छ।

बिज्ञापन

अस्पतालले अपाङ्गताको पहिचान र उपचारका लागि जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्किएको, आगोले पोलेर अङ्ग टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, हड्डी भाँचिएको वा बाङ्गिएको, शरीरका विभिन्न जोर्नी दुख्ने वा खुस्किएको, ढाड बाङ्गिएको, र औलाहरू टाँसिएका जस्ता अवस्थाहरूमा सेवा प्रदान गर्दै आएको छ।

शिविरमा डा. विवेक लामा, फिजियोथेरापिस्ट गंगा शाक्य, पिडियाट्रिक नर्स शशिकला महत, सहायक सामग्री विशेषज्ञ श्याम दाहाल, र सामाजिक परिचालकहरूको उपस्थिति थियो।

, लुम्बिनी प्रदेश फोकल पर्सन लेखनाथ आचार्यका अनुसार, विकलाङ्ग मित्र समूहले १८ वर्षदेखि बाँकेमा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आएको छ। यस कार्यक्रमको मुख्य कार्यालय बनेपामा रहेको छ। यस संस्थाको स्थापना सन् १९८५ मा प्रा.डा. अशोक कुमार बास्कोटाले गरेका हुन्। उनले आफ्ना अस्पतालमा देखेका विभिन्न खाले अपाङ्ग बालबालिकाहरूको नाजुक अवस्थाले प्रेरित भएर यो अस्पताल स्थापना गर्नुभएको थियो।

यो अस्पतालले अपाङ्ग बालबालिकाहरूको निशुल्क उपचारसङ्गै , यातायात खर्च, र उनीहरूको हिँड्न पाउने अधिकार सुनिश्चित अपाङ्ग बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ।

 

२०८१ आश्विन ९, बुधबार ०५:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर