जमुना ढकाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा प्रमुख सचेतकमा नियुक्त

२०८१ आश्विन २३, बुधबार १८:३५

२३, असोज २०८१
बाँके ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीकी समानुपातिक सांसद जमुना ढकाल नियुक्त हुनुभएको छ। दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधवार ढकाललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पनुभएको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहेका जन्मजय तिमिल्सिनाले साउन २१ गते आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।

बिज्ञापन

प्रमुख सचेतकको रूपमा जमुना ढकालले संसदीय दलभित्रको अनुशासन कायम राख्न, दलको पक्षलाई मजबुत पार्न, र पार्टीका गतिविधिहरूलाई सुदृढ बनाउन मुख्य भूमिका निर्वाह गर्नुहुनेछ। संसदीय दलमा उनको यो नियुक्तिले महिला नेतृत्वको सशक्त उपस्थिति भएको सन्देश पनि प्रवाह गरेको छ।

बिज्ञापन

त्यस्तै, भदौं ३१ गते दलकी सचेतक निमा गिरीले पनि राजीनामा दिएपछि खाली रहेको अर्को सचेतक पदमा पनि छिट्टै नयाँ नियुक्ति गरिने तयारी भइरहेको दलका नेता चौधरीले जानकारी दिनुभएको छ। दशैंपछि उक्त रिक्त पदमा योग्य पात्रको चयन गरिने उहाँले बताउनु भएको छ। यो नियुक्तिले नेपाली कांग्रेसको लुम्बिनी प्रदेशसभा दललाई थप सशक्त बनाउने विश्वास गरिएको छ, र आगामी दिनमा पार्टीको नेतृत्वको प्रभावकारिता झन् महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 

बिज्ञापन
२०८१ आश्विन २३, बुधबार १८:३५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर